कैलालीमा थप एक जनामा कोरोनाको संक्रमण देखियो
धनगढी । कैलालीमा थप एक जनामा कोरोनाको संक्रमण देखिएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका १ का ६५ वर्षीया बृद्धामा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।
क्वारेन्टाइनमा बसेर घर फर्किएकी उक्त महिलामा कोरोनाको संक्रमण देखिएको हो । र्यापिड टेस्टेमा नेगेटिभ देखिएकी ती महिलाको पीसीआरबाट गरिएको परीक्षणमा पोजिटिभ देखिएपछि उनलाई सेती अस्पतालको एम्बुलेन्समा धनगढी पठाइएको लम्कीचुहाका मेयर महादेव बजगाईंले बताए ।
उनीहरूलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो ।
उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा लगेर भर्ना गरिएको छ ।
यससँगै सुदूरपश्चिममा संक्रमितको संख्या पाँच पुगेको छ। धनगढीका तीन र कञ्चनपुरका एक संक्रमितको पनि यही अस्पतालमा उपचार भइरहेको छ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोनाको संक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्