खेल क्षेत्रको थप विस्तार हुने : संयोजक के. सी.

प्रदिप ढकाल ,भक्तपुर
असोज ५ , शनिबार
चाँगुनारायण नगरपालिकाले नगरभित्रका खेलाडी, प्रशिक्षकहरुलाई सम्मान तथा खेल सामाग्री हस्तान्तरण गरेको छ ।चाँगुनारायण नगर खेलकूद बिकाश समितिको आयोजनमा शनिबार भएको एक कार्यक्रमका बिच विभिन्न खेल प्रतियोगितामा भाग लिई पदक ल्याउन सफल खेलाडी, निशुल्क खेल प्रशिक्षण सञ्चालन गर्ने प्रशिक्षक, खेलकूद कार्यक्रम सञ्चालन गर्ने विभिन्न विद्यालयका प्रधानाध्यापकहरुलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख जीवन खत्रीले खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गर्नुभयो । निशुल्क खेलकूद कार्यक्रम सञ्चालन गरेको८८ औं हप्ताको अवसरमा खेलकूद प्रोत्साहन कार्यक्रम अन्तर्गत शनिबार नगर प्रमुख खत्रीले ‘नि:शुल्क खेलमा सहभागि होऔं, स्वस्थ बनौ, अनुशासित खेलाडीको गहना, नगरको एक मात्र चाहाना’ लेखेको प्ले कार्ड बाल बालीकाहरुलाई हस्तान्तरण समेत गर्नुभभयो ।
खेल गतिविधिलाई अगाडि बढाउने उद्देश्यका साथ शुरु गरिएको निशुल्क खेल प्रशिक्षण हरेक साताको एक दिन शनिबार सञ्चालन हुँदै आएको हो ।कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक रघु केसीले विगतमा शुन्यजस्तै रहेको खेल गतिविधिलाई चलायमान बनाउन सफल भएको र आगामी दिनमा खेल क्षेत्रको थप विस्तार र विकास गर्दै लग्ने योजना रहेको बताउनुभयो ।कार्यक्रममा चाँगुनारायण नगरपालिकाका वडा नं २ का वडाध्यक्ष सोम प्रधान, वडा नं ६ का वडाध्यक्ष धन बहादुर लामासहितका जनप्रतिनिधिहरु, खेल क्षेत्रसँग सम्मिलीत ब्यक्तीत्व र विद्यार्थिहरुको बाक्लो सहभागिता थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्