विश्व विनायक क्लव उपाधी नजिक

प्रदीप ढकाल ,भक्तपुर
जेष्ठ २८, सोमबार ।
भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको भक्तपुर जिल्ला लिग २०८०।०८१ को सोमबारको खेलमा जित हातपार्दै विश्व विनायक क्लव उपाधी नजिक पुगेको छ। भक्तपुर बहुमुखी क्याम्पसको फुटबल मैदानमा सोमबार दिउँसो सम्पन्न प्रथमसेमिफाइनल खेलमा विश्व विनायक क्लवले मध्यपुर जागरुक फुटवल क्लवलाई टाई ब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलप्रवेश गरेको हो। यस अघि खेलको निर्धारित ९० मिनेटको समयमा दुबै टोलीले ०–० को बराबरी खेलेका थिए। खेल भर उत्कृष्ट प्रदर्शनगर्दै टाई ब्रेकरमा समेत एक पेनाल्टि रोकेका विश्व विनायक क्लवका गोलरक्षक हिसान श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भए।
प्रतियोगितामा जम्मा ९ क्लबको सहभागिता रहेको र प्रतियोगिताको बिजेताले नगद १ लाख तथा उपविजेताले नगद ५० हजार पाउने पनिआयोजकले जनाएको छ। प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल मंगलवार दिउँसो ४ बजे भक्तपुर बहुमुखी क्याम्पसको फुटबलमैदानमा हुने छ। दोस्रो सेमिफाइनल खेल भक्तपुर यूनाइटेड र थीमी यूथ क्लबबीच हुने छ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्