मालपोत कार्यालयद्धारा गैरकानूनी रुपमा जग्गा रोक्का
काठमाडौ । देशभरि अतिक्रमण गरिएका जग्गाको तथ्याङक सार्वजनिक भइरहदा कलंकीस्थित मालपोत कार्यालय कार्यालय प्रमुख देवी भण्डारीले पनि एक जना मानिसको जग्गाा हडप्न प्रयास भने असफल भएको छ ।
मालपोत कार्यालय कलंकीका प्रमुख भण्डारीले र युरो वहुउद्देश्य सहकारी संस्था ठमेलको सहयोगमा करौडो रुपिया पर्ने जग्गा हडप्ने प्रयास असफल भएको हो ।
प्रकाशकुमार दाहालको चन्द्रागिरीस्थित २१८ कितानम्बर रहेको १ रोपनी जग्गा कानूनविपरीत हडप्ने प्रयास गरेको पाइएको छ ।
शुरुमा सहकारीले थाहा नदिई लिलाम गरेको उक्त जग्गा पुन दाहालले फुकुवा गरेर फिर्ता ल्याएपनि पछि मालपोत कार्यालका प्रमुख देवी भण्डारी र सहकारीले हडप्न खोजेको देखिन्छ ।
लिलामबाट फुवुका गरेको जग्गाा पछि सहकारीले पुन पत्र पठाई रोक्का गरेको थियो ।
मालपोत कार्यालयले गत २०७५ कात्र्तिक १९ गते फुकुवा भएको उनको जग्गा सोही दिन गैरकानुनी ढंगले कार्यालय रोक्का राखेको थियो ।
फुकुकापछि जग्गाधनी दाहाललाई लालपूर्जा दिनुको साटो कार्यलयका प्रमुख भण्डारीको निर्देशनमा विचौलियालाई लालपूर्जा दिन खोजिएको थियो । उक्त दिन पूर्जा नपाएपछि दाहाल घर फर्किए । लालपूर्जा तयार भएपनि दाहालले नपाएपछि सहकारीलाई पुन पैसा बुझाउन वाँकी रहको भन्दै पत्र काट्न लगाएर भण्डारीले उक्त जग्गाा पुन रोक्का गरेको छन् ।
यसरी एकैदिन फुकुवा र एकैदिन रोक्का गर्ने अधिकार कार्यालय प्रमुख भण्डारीले गैरकानूनी रुपमा गरेका पाइएको छ ।
सहकारीले १६ लाख तिर्न वाकी रहेको छ भनेर मालपोतमा निवेदन दिएपछि अहिले जग्गाा रोक्का राखिएको छ ।
तर उनको ७ लाख ९२ हजारमात्र तिर्न वाँकी रहेको छ ।
पिडित दाहालकी श्रीमति कोपिला पोखरेले पटक पटक रोक्का जग्गा फुक्का गर्नका लागि मालपोत कार्यालय जाने गरेकी छन । तर एक पिडित महिलालाई कार्यालयका प्रमुख भण्डारीले दुःख दिने गरेको त्यहाँका कर्मचारीले समेत बताउदै आएका छन ।
‘उनको जग्गा रोक्का राख्ने निर्णय मैले नगर्न भनेको थिए तर मैले भनेको मान्नु भएन’ ति मालपोतका कर्मचारीले भने–‘उनको जग्गा एक हप्तामा रोक्का र फुकुवा गर्न पाइदैन । तर त्यसो गरिएको छ । जग्गाधनीलाई पिडित बनाउने काम गरिएको छ ।’
उनले सो विवाद अहिले अदालतमा पुगिसकेकोले केही वोल्न नह
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मालपोत कार्यालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्