बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीबीच एकता गर्ने सहमति
काठमाडाैँ, २१ बैशाख । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच एकता गर्ने सहमति भएको छ।
एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ भने डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै अध्यक्ष हुनेछन् । शनिबार नयाँ शक्तिको पार्टी कार्यालय बबरमहल काठमाडौंमा बसेको दुई पार्टीको छलफलमा बैशाख २३ गते सोमबार एकता घोषणा गर्ने सहमति भएको हो ।
सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहमा समाजवादी पार्टी नेपालको घोषणा गर्ने कार्यक्रम छ। नयाँ पार्टीमा संघीय परिषदको अध्यक्षता भट्टराईले गर्ने र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति भएको हो। पार्टीभित्र बरियताक्रममा बाबुराम पहिलो र त्यसपछि उपेन्द्र रहनेछन्।
संघीय संसदमा नयाँ शक्तिबाट १ जना र फोरमबाट १६ जना सांसद छन् । संघीय समाजवादी फोरमले पार्टी एकता हुनुअघि सरकार छाड्नुपर्ने अडान नयाँ शक्तिले राखेको थियो। तर संविधान संशोधनका लागि सरकारलाई समय दिने र त्यो समयभित्र संविधान संशोधन नभएमा सरकार छाड्ने उसको तयारी छ।
फोरम र नयाँ शक्तिको पार्टी एकता वार्ता संघीय सरकारमा आएर अडि्कएको थियो । अन्तत : यसको पनि गाँठो फुकाइएको छ । यी दुई पार्टीबीच एकताका लागि लामी समयदेखि वार्ता भइरहेको थियो । अघिल्लोपटक एकता अन्तिम समयमा आएर भत्किएको थियो । यो पटक भने बाँकी दुई दिनमा कुनै अप्रत्यासित घटना नभएको खण्डमा एकता हुने लगभग पक्का भएको छ ।
यस्तो छ विज्ञप्ति :

क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #बाबुराम भट्टराई र उपेन्द्र यादव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्