बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीबीच एकता गर्ने सहमति

काठमाडाैँ, २१ बैशाख । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच एकता गर्ने सहमति भएको छ।
एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ भने डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै अध्यक्ष हुनेछन् । शनिबार नयाँ शक्तिको पार्टी कार्यालय बबरमहल काठमाडौंमा बसेको दुई पार्टीको छलफलमा बैशाख २३ गते सोमबार एकता घोषणा गर्ने सहमति भएको हो ।
सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहमा समाजवादी पार्टी नेपालको घोषणा गर्ने कार्यक्रम छ। नयाँ पार्टीमा संघीय परिषदको अध्यक्षता भट्टराईले गर्ने र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति भएको हो। पार्टीभित्र बरियताक्रममा बाबुराम पहिलो र त्यसपछि उपेन्द्र रहनेछन्।
संघीय संसदमा नयाँ शक्तिबाट १ जना र फोरमबाट १६ जना सांसद छन् । संघीय समाजवादी फोरमले पार्टी एकता हुनुअघि सरकार छाड्नुपर्ने अडान नयाँ शक्तिले राखेको थियो। तर संविधान संशोधनका लागि सरकारलाई समय दिने र त्यो समयभित्र संविधान संशोधन नभएमा सरकार छाड्ने उसको तयारी छ।
फोरम र नयाँ शक्तिको पार्टी एकता वार्ता संघीय सरकारमा आएर अडि्कएको थियो । अन्तत : यसको पनि गाँठो फुकाइएको छ । यी दुई पार्टीबीच एकताका लागि लामी समयदेखि वार्ता भइरहेको थियो । अघिल्लोपटक एकता अन्तिम समयमा आएर भत्किएको थियो । यो पटक भने बाँकी दुई दिनमा कुनै अप्रत्यासित घटना नभएको खण्डमा एकता हुने लगभग पक्का भएको छ ।
यस्तो छ विज्ञप्ति :
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #बाबुराम भट्टराई र उपेन्द्र यादव
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्