राजधानिमा किसानहरुको प्रभातफेरी (फोटोफिचर)
काठमाडौ। राजधानिमा किसानहरुले बिभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन । कृषिमा सुधार , समृद्धिको आधार भन्दै देशभरका किसान आन्दोलित भएका छन ।
कृषक समूह महासंघ, नेपालको दोश्रो महाधिवेशनको अवसरमा ललितपुरको कृषि बिभागमा किसानहरु भेला भई सो प्रभातफेरी गरेका हुन ।
कृषिमा आयात बन्द गर , कृषि ऐन निमार्ण गर , उत्पादनमा विमा लागु गर ,
साना किसान मैत्री नीति निमार्ण गर , खाध्य अधिकारको सुनिश्चितता गर लगायतका नारा लेखिएका प्ले कार्ड र ब्यानर बोकी कृषि विभाग बाट स्टाफ कलेज जावलाखेल सम्म प्रभातफेरी कार्यक्रम लगायतका कार्यक्रम गरेका छन ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले उदेघाटन गरेका दोश्रो महाधिवेशन सत्रमा देशभरका करिव ४० जिल्लाका किसानहरुको उल्लेखनिय सहभागी रहेको थियो ।
गरिवलाई परिचय पत्र, किसानलाई पेन्सन
६ महिनाभित्र संघीय स्तरमा उच्चस्तरीय विज्ञ सम्मेलन आयोजना गर्ने, गरीब घर पहिचान भएका २६ जिल्ला ९रूकुम पूर्व समेत० का ३ लाख ९१ हजार ८३१ घर परिवारलाई आगामी ६ महिनाभित्र परिचयपत्र बितरणको काम शुरु गर्ने र बाँकी ५१ जिल्लाहरूमा गरीब घर परिवार पहिचान गरी २ वर्षभित्र परिचयपत्र बितरणको काम शुरु गरिने मन्त्रि खनालले बताए ।
स्वदेशमा नै रोजगारी सृजना गरी युवा जनशक्तिको विदेश पलायन रोक्न विदेशबाट कृषि सम्बन्धी ज्ञान, सीप र पूँजीसहित फर्केका युवाहरुलाई व्यवसायिक कृषि पेशामा आवद्ध गर्न कृषिमा युवा विशेष कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ ।
जमिन बाँझो राख्न नपाइने
जग्गालाई कृषि, बसोवास, औद्योगिक लगायतका क्षेत्रमा बर्गिकरण गरी कृषियोग्य जमिनलाई ब्यवसायिक प्लटिङ्ग र बाँझो राख्न नपाउने व्यवस्था गर्न आगामी ६ महिनाभित्र भूमि नीति र भू–उपयोग ऐन तयार गरी कार्यान्वयनमा ल्याइने मन्त्री चक्रपाणी खनालले बताए ।
जग्गाधनी र मोहीबीच भूमिमा रहेको दोहोरो स्वामित्व सम्बन्धी समस्या समाधान गर्न मन्त्रालयमा मोहीयानी समस्या समाधान इकाई स्थापना गरी आगामी १ वर्षभित्र ‘मोही प्रथा’ पूर्णरुपमा अन्त्य गरिने मन्त्री खनालले बताए ।
आफै खेती गर्न नचाहने जग्गाधनीले खेतीयोग्य जग्गा लिजमा दिन सक्ने र जग्गा नभएका वा कम भएका कृषकका लागि चक्लावन्दी भूमि करारमा लिई व्यवसायिक कृषि खेती गर्ने प्रणालीको विकास गर्न आगामी २ वर्षभित्र किसान भूमि बैंक स्थापना गर्ने सोही अवसरमा उनको कथन छ ।








क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #किसानहरुको प्रभातफेरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्