एघार महीनामा २६ बलात्कृत

जिल्लामा प्रत्येक महीना दुई बलात्कारका घटना हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला शाखाले आयोजना गरेको नेपाल मनवअधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा यो तथ्य सार्वजनिक गरिएको हो ।
इन्सेककी जिल्ला प्रतिनिधि सविना केसीले सन् २०१८ जनावरीदेखि नोभेम्बर २७ सम्म अर्थात् विगत ११ महीनाको अवधिमा भएका हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह, घरेलु हिंसा र अपहरण लगायत घटनाको तथ्याङ्क सार्वजनिक गर्दै सो कुरा बताउनुभएको हो ।
तथ्याङ्कअनुसार ११ महीनाको अवधिमा बलात्कारका घटना २६ मध्ये बलात्कार प्रयास तथा यौन दुव्र्यवहारका घटनामा तीन र बाल यौन दुव्र्यवहारमा एक बालिका पीडित भएका थिए । । यसैगरी छ जनाको हत्या हुनाका साथै बहुविवाहको घटनामा नौ र अपहरणको घटना एक बालक पीडित भएका थिए ।
जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले लागूपदार्थ सेवनकर्ताबाट धेरै घटना भएको तथ्य बाहिर अएको बताउँदै गलत सङ्गतले पनि उमेर नपुगेका किशोरकिशोरी दुव्र्यसनमा लाग्ने गरेकाले अपराध बढेको हो भन्नुभयो ।
सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले महिला हिंसा मात्रै नभई पछिल्लो समयमा पुरुष हिंसा पनि बढ्दै गएको पाइएको बताउनुभयो ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जिल्लामा बलात्कारको भयावह अवस्था रहेको बताउनुभयो ।
गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष सोम शर्मा (बजगार्इं)ले अपराधका घटना महत्वपूर्ण नभई त्यसको कारण महत्वपूर्ण भएकाले त्यस्ता कारणलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #बलात्कृत
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्