Techie IT
सोमबार, वैशाख २२,२०८२

बालाजु प्रहरी नियन्त्रणमै मृत्यु भएका ढुंगानको श्रीमतिलाई प्रहरीको धम्कीपूर्ण फोन


व्यक्तिगत लेनदेनको सिलसिलामा नेपाल प्रहरीका एक सईको साथ लागेर गएका व्यक्तिको भोलिपल्ट रहस्यमय मृत्यु भएको छ। आइतबार राति सई सुरेन्द्र कार्कीले मोटरसाइकलमा लिएर गएका रवीन्द्रकुमार ढुंगानाको सोमबार वीर अस्पतालमा मृत्यु भएको परिवारको भनाइ छ। कार्की प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत छन् अाजको कान्तिपुर दैनिकले समाचार लेखेको छ ।

‘घरमै बसिरहेका बेलामा कार्की आएर जाऊँ भनी भाइलाई मोटरसाइकलमा हालेर लगेका रहेछन्,’ मृतकका दाइ शेरबहादुर ढुंगानाले भने, ‘भोलिपल्ट प्रहरी परिसरबाट भाइकी श्रीमती (अन्नपूर्ण थापा ढुंगाना) लाई श्रीमान् वीर अस्पतालमा हुनुहुन्छ, भेट्न आउनु भनी फोन आयो। ११ बजे अस्पताल पुगेकामा दुई घण्टापछि भाइको मृत्यु भयो।’

कान्तिपुरका अनुसार भाइलाई लिएर गएकै दिन राति ११ बजे सई कार्कीले बुहारी अन्नपूर्णलाई फोन गरी धम्क्याएको शेरबहादुरको दाबी छ। रवीन्द्रको शव हाल टिचिङ अस्पताल महाराजगन्जमा छ।

प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले भने मृतक ढुंगानासँग सई कार्कीले ५ लाख रुपैयाँ लिएको र उक्त रकमको चेक बाउन्स भएपछि सोही मुद्दामा बालाजु वृत्तले नियन्त्रणमा लिएको बताए। एसएसपी थापाले भने, ‘परिवारले भनेजस्तो सई कार्कीले पक्राउ गरेको नभई उनी घर देखाउन त्यहाँ पुगेका हुन्। उनलाई वृत्तबाटै खटिएको टोलीले पक्राउ गरेको हो।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #बालाजु प्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545