Techie IT
शनिबार, असार ७,२०८२

बेलायत जाने तयारीमा रहेका पर्यटनमन्त्री अधिकारीको भिसा च्यातिएको अवस्थामा भेटियाे


बेलायत जाने तयारीमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको बेलायती भिसा च्यातिएको अवस्थामा भेटिएको छ ।

आगामी सोमबारदेखि बेलायतको लन्डनमा हुने ‘विश्व पर्यटन मेला’ मा सहभागी हुन त्यहाँ जान लागेका मन्त्री अधिकारीको भिसा लागेको राहदानीको पानासहित च्यातिएको अवस्थामा भेटिएको हो । जसका कारण अब उनको पूर्वनिर्धारित समयमा लन्डन पुग्ने कार्यक्रम नै अन्योलमा परेको छ ।

भिसा लागिसकेको उनको राहदानीको पानासमेत च्यातिएको अवस्थामा भेटिनुमा अहिलेसम्म बेलायती दूतावास र काठमाडौंको राहदानी संकलक केन्द्र भीएचएफमध्ये कसको लापर्बाहीका कारण भिसा रद्द भएको हो भन्नेबारे आधिकारिक जानकारी बाहिर आएको छैन ।

शुक्रबार दिउँसो मन्त्री अधिकारीको भिसा संकलन गर्न काठमाडौंस्थित भीएचएफ कार्यालय पुगेका मन्त्रालयका कर्मचारीलाई सो केन्द्रले च्यातिएको र रातो मसीले क्रस गरेर भिसा थमाएपछि उनको बेलायत भ्रमण नै प्रभावित हुन पुगेको हो । 


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #भिसा च्यातिए


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain
5:07 am7:03 pm +0545