टिपरको ठककरबाट ओखरपौवामा पदम बहादुर बलामीको मृत्यु , स्थानीय बासीद्धारा सडक अवरुद्ध
पुकार तिमलसिना
ककनी गाउँपालिका अन्तर्गत ओखरपौवा महाँलक्ष्मी मन्दिर नजिक टिपरको ठक्करबाट एकजनाको मृत्यु भए्को छ ।
काठमाडौबाट फोहोर लिएर जादै गरेको बा २ ख ६११८ नं को टिपरको ठक्करबाट ककनी गाउँपालिक– १ कागतीगाउँ बस्ने वर्ष ४५ का पदम बहादुर बलामीको घटनास्थलमै मृत्यु भएपछि ओखरपौवा तनावग्रस्त बनेको हो ।
स्थानीयले अहिले दुवैतर्फका गाडी रोकेर प्रदर्शन गरिरहेका कारण पासाङल्हामु राजमार्ग भएर आवतजावत गर्ने दुवैतर्फका सवारी लामो जाममा फसेको स्थानिय बासुदेब घिमिरेले बताए ।
ओखरपौवा प्रहरी चौकीका प्रहरी हवल्दार कुवेर राउतले दुई पक्षलाई राखेर समाधान खोज्ने प्रयासमा प्रहरी लागेको जानकारी दिए ।
घटनाको विरोधमा स्थानीयबासीले सडक अवरुद्ध गरेका कारण फोहोर बिसर्जन कार्य समेत प्रभावित भएको छ ।
उक्त घटनापछि काठमाडौंको फोहोर उठ्न पनि बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार दुर्घटनापछि चालक फरार रहेका छन् ।

क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #ओखरपौवा, #टिपर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्