‘प्रकाण्डको गिरफ्तारी अत्यन्तै विडम्बनापूर्ण,निन्दनीय -वैद्य

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नेकपाका प्रवक्ता प्रकाण्डको गिरफ्तारी अत्यन्तै विडम्बनापूर्ण,निन्दनीय र दुःखद विषय भएको बताएका छन् । वैद्यले आज एक विज्ञप्ति जारी गर्दै आफूलाई वाम तथा कम्युनिस्ट बताउने सरकारले कम्युनिस्ट क्रान्तिकारीहरुलाई यसरी गिरफ्तार गर्नु अत्यन्तै विडम्बनापूर्ण,निन्दनीय र दुःखद विषय भएको उल्लेख गरेका छन् ।
उनले गिरफ्तार गरिएका प्रकाण्डलगायत सबै नेता तथा कार्यकर्ताहरुको विनाशर्त अविलम्ब रिहाई गर्नका लागि सरकारसँग जोडदार माग समेत गरेका छन ।
यस बिषयमा महासचिव वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ” नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का स्थायी समिति सदस्य तथा प्रवक्ता क.प्रकाण्डसहित तीन जना कमरेडहरुलाई नेपाल सरकारले यही साउन २२ गते साँझ काठमाडौंको दक्षिणकालीबाट गिरफ्तार गरेको समाचार प्रकाशमा आएको छ । आफूलाई वाम तथा कम्युनिस्ट बताउने सरकारले कम्युनिस्ट क्रान्तिकारीहरुलाई यसरी गिरफ्तार गर्नु अत्यन्तै विडम्बनापूर्ण,निन्दनीय र दुःखद विषय हो । हाम्रो पार्टी यस प्रकारको गिरफ्तारीको घोर विरोध एवम् भत्र्सना गर्दछ । साथै, हाम्रो पार्टी गिरफ्तार गरिएका कमरेड प्रकाण्ड लगायत सबै नेता तथा कार्यकर्ताहरुको विनाशर्त अविलम्ब रिहाई गर्नका लागि सरकारसँग जोडदार माग गर्दछ ।”
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #प्रकाण्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्