नेपाल महिला चेम्बरको आयोजनामा ‘चेम्बर बजार’ सुरु
काठमाडौं । महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवद्र्धन तथा व्यापार विस्तार गर्ने उद्देश्यले काठमाडौंको जमलमा ‘चेम्बर बजार’ सुरु भएको छ । नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको जमलस्थित भवनमा शनिबारदेखि ‘चेम्बर बजार’ सञ्चालनमा आएको हो । चेम्बर बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्री तथा साल्ट ट्रेडिङ लगायतका स्टलहरू रहेका छन्। चेम्बर बजारमा महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका विभिन्न वस्तुका साथै आयात–निर्यातसँग सम्बन्धित सामग्रीको बिक्रीका लागि राखिएको छ ।
सो अवसरमा आयोजित मेला उद्घाटन सत्रमा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पु¥याउन चेम्बर बजारले सहयोग गर्ने बताइन् । “महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पु¥याउने हाम्रो प्रयास हो,” श्रेष्ठले भनिन्, “उत्पादनसँगै व्यवसाय विस्तारका लागि पनि सहयोग पुग्नेछ ।”
महिला उद्यमीले उत्पादन गरेका वस्तुले पर्याप्त बजार नपाउँदा व्यवसाय विस्तारमा समस्या हुने गरेको अवस्थामा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा चेम्बर बजारलाई अघि बढाउन खोजिएको श्रेष्ठले बताईन । उनले बजारमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरू सुपथ मूल्यमा बिक्री गर्ने व्यवस्था गरिएको पनि जानकारी दिईन् ।
त्यसैगरी चेम्बरका पूर्वाधार तथा भूमि सुधार समिति सभापति रोशन भयोद्योले यस्ता मेलालाई बिस्तार गर्न आवश्यक रहेको बताउदै महिला उद्यमीका उत्पादनको प्रवद्र्धनसँगै सर्वसाधारण उपभोक्ताले स्थानीय तथा स्वदेशी उत्पादन सहज रूपमा खरिद गर्न पाउने अवसर सिर्जना हुने उल्लेख गरे ।
त्यस्तै, नेपाल महिला चेम्बरकी सचिव इरा प्रसाईंले चेम्बर बजारलाई व्यापारिक कारोबारमा मात्र सीमित नराखी महिला उद्यमीको आर्थिक सशक्तीकरण, सीप विकास र बजार पहुँच विस्तारको अभियानका रूपमा अघि बढाउने लक्ष्य रहेको बताइन् ।
“चेम्बर बजारलाई केवल व्यापारिक मेला नभई महिला उद्यमीको आर्थिक सशक्तीकरण, सीप विकास र बजार पहुँच विस्तार गर्ने अभियानका रूपमा अघि बढाउने उद्देश्य हो,” प्रसाईंले भनिन्, “महिलालाई आफ्ना उत्पादनको बजार विस्तार गर्ने अवसर दिनुका साथै नयाँ उद्यम सुरु गर्न चाहने महिलालाई पनि व्यवसायमा आकर्षित गर्ने लक्ष्य छ ।”
मेलाकी संयोजक अनिता अमात्य श्रेष्ठले बजारमा उत्पादनको बिक्री तथा प्रवद्र्धनसँगै उद्यमशीलता विकाससम्बन्धी गतिविधिसमेत सञ्चालन गरिने बताईन् । त्यस्तै, नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकारले यस मेलाले महिला उद्याशीलता प्रवद्र्धनमा टेवा पुने विश्वास व्यक्त गरिन् ।
यस मेलाको अवसरमा उद्यम गरिरहेका तथा व्यवसाय सुरु गर्न इच्छुक महिलाका लागि सरकारी प्रक्रिया, व्यवसाय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ । यसैगरी सीप तथा व्यावसायिक तालिम, महिला स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम र निस्शुल्क स्वास्थ्य परीक्षणजस्ता गतिविधिसमेत चेम्बर बजारसँगै सञ्चालन गरिनेछन् । जमलबाट सुरु भएको चेम्बर बजारलाई आगामी दिनमा काठमाडौंमा मात्र सीमित नराखी देशका अन्य प्रमुख शहर तथा विभिन्न क्षेत्रमा विस्तार गर्ने योजना रहेको नेपाल महिला चेम्बरले जनाएको छ ।


brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 42;

brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 45;
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्