काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव नहुने संघको दाबी
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति नियमित रहेको जनाउँदै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरेको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय आएको बाढी तथा पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि बुलेटमार्फत ग्यास ढुवानीमा समस्या आएको जनाएको छ ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायत जिल्लामा क्षति पुगेको संघको भनाइ छ ।
सडक अवरुद्ध भएपछि नेपाल आयल निगमको निर्देशनअनुसार काठमाडौं, काभ्रे र धादिङमा रहेका ग्यास उद्योगका सिलिन्डरहरू बारा, पर्सा, चितवन, धनुषा र नवलपरासीमा रहेका उद्योगमा लगेर रिफिल गरी काठमाडौं उपत्यकामा आपूर्ति गरिएको संघले जनाएको छ ।
संघका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यासको माग हुँदै आएको छ । पछिल्ला तीन दिनदेखि सोही मागअनुसार तराईका विभिन्न जिल्लामा सिलिन्डर रिफिल गरी उपत्यकामा बिक्री वितरण भइरहेको र आगामी दिनमा पनि थप सिलिन्डर रिफिल गरी नियमित आपूर्ति कायम राखिने संघले जनाएको छ ।
संघले विगतमा भूकम्प, नाकाबन्दी तथा कोभिड–१९ महामारीजस्ता संकटका समयमा समेत एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरण प्रणालीलाई निरन्तरता दिइएको स्मरण गराएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्