ऐनबहादुर महरलाई गोली हान्ने धम्की
काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरलाई गाली हान्ने धक्की आएको छ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक महरले आफूलाई फेसबुकको कमेन्टमा गोली हानेर मार्ने धक्की आएको बताएका हुन् ।
‘हामी जनताबाट अभिमत लिएर यस सदनमा आएका छौँ, जनताको कुरा बोल्न। हामी निरपेक्ष रुपमा सरकारको विरोध गर्दैनौँ,’ महरले भने, ‘सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं। सरकारलाई सही बाटो देखाउन चाहन्छौं। बिडम्बना, सरकारमा बोलिरहँदा केही मान्छेलाई सरकारको विरोध गरेको आभाष हुँदोरहेछ र मलाई निरन्तर धम्की आइरहेको छ। गोली हानिदिन्छु, मारिदिन्छु भन्या छ,’।
आज पनि सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई ज्यान मार्ने धम्की आएको उनले बताए । ‘भर्खरै मात्रै दुई जनाले मेरो स्टाटस्मा कमेन्ट गर्नु भएको छ,’ उनले कमेन्ट पढेर सुनाए, ‘ऐन महर, आमा कसम, तलाई म गोली हानेर मार्छु भनेर आफ्नो नम्बर पनि दिनुभाछ, ठेगाना पनि दिनुभाछ, आजै भन्नुभाछ।’
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #ऐनबहादुर महरलाई गोली हान्ने धम्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्