Techie IT
मंगलबार, जेठ १२,२०८३

प्रधानमन्त्री खोज्दै विपक्षीको विरोध, सभामुखले भने- छिट्टै सदनमा जवाफ दिने तयारीमा हुनुहुन्छ


काठमाडौं । आजको प्रनिनिधिसभा बैठकमा पनि विपक्षी दलले प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गरेका छन् ।

प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै विपक्षीले विरोध गरेका हुन् । विपक्षीको विरोधपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्री छिट्टै संसदमा उपस्थित हुने जानकारी दिए ।

प्रधानमन्त्री बालेन संसदमा जवाफ दिन तयारी गरिरहेका सभामुखले बताए ।

उनले भने, ‘संसद्मा उठेको प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्‍योयो भन्ने कुरा अत्यन्तै जायज छ, संविधानतः छ, नियमावली सम्मत छ, कानुन सम्मत छ र जनताको माग पनि त्यही हो। यसमा हामीले पटक–पटक संवादहरू विपक्षी दलका नेताहरूसँग गरिरहेका पनि छौँ । प्रधानमन्त्रीसँग मेरो संवाद भइरहेकै छ । उहाँले सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ। सत्ता पक्ष दलका मुख्य सचेतकबाट प्राप्त समाचार अनुसार पनि प्रधानमन्त्रीले यहाँहरूले राख्नुभएको जिज्ञासा र यहाँहरूको प्रश्नको उत्तर दिने तयारी गरिरहनुभएको छ । त्यस कारणले छिट्टै प्रधानमन्त्रीले सदनमा उपस्थित भएर यहाँहरूको जिज्ञासा, सार्वभौम सबै सांसदहरूको जिज्ञासा मेट्नु नै हुनेछ ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्री खोज्दै विपक्षीको विरोध, #सभामुखले भने- छिट्टै सदनमा जवाफ दिने तयारीमा हुनुहुन्छ


तपाईको कमेन्ट लेख्नुहोस्