बुढानीलकण्ठमा ५०० खेलाडीबीच खेलकुद शिल्ड प्रतिस्पर्धा , विजेतालाई ४ लाख पुरस्कार
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा दोस्रो “बुढानीलकण्ठ नगर खेलकुद शिल्ड २०८३” आयोजना हुने भएको छ। प्रतियोगिता आगामी वैशाख ११, १२ र १३ गते तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगर खेलकुद बोर्डले यसपटक कार्यक्रमलाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र भव्य बनाइने बताएको छ। करिब ४० लाख रुपैयाँ लागतमा आयोजना हुन लागेको प्रतियोगितामा करिब ५०० खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार प्रतियोगिताले खेलकुदमार्फत स्वस्थ जीवनशैली, अनुशासन र सामुदायिक एकता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। पत्रकार सम्मेलनकै क्रममा फुटबलतर्फको ‘टाइ–सिट’ सार्वजनिक गरिएको छ, जसले प्रतियोगिताप्रति उत्साह थप बढाएको छ। सबै खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन गरिने जनाइएको छ।
खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै सबै सहभागीका लागि बीमा व्यवस्था गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता टोलीलाई ४ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै, विशेष आकर्षणका रूपमा रहेको रनिङ ट्रफी लगातार तीन पटक जित्ने टोलीलाई स्थायी रूपमा हस्तान्तरण गरिनेछ।
यस वर्ष प्रतियोगिताको आधिकारिक शुभंकर “स्वर्ग चरी” रहनेछ, जसले स्थानीय पहिचान, ऊर्जा र उत्साहको प्रतीकका रूपमा कार्यक्रमलाई जीवन्त बनाउने विश्वास गरिएको छ।
पत्रकार सम्मेलनमा नगरपालिकाका उपप्रमुख, खेलकुद बोर्डका संयोजक सुमन लामा लगायत विभिन्न जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले यस्तो प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
नगरपालिकाले यस प्रतियोगितामार्फत लुकेका प्रतिभा उजागर गर्ने, युवालाई खेलकुदतर्फ आकर्षित गर्ने र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने लक्ष्य राखेको जनाएको छ। प्रतियोगितासम्बन्धी थप विवरण, खेल तालिका र सहभागी टोलीहरूको जानकारी भने छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ।
क्याटेगोरी : खेलकुद
ट्याग : #बुढानीलकण्ठमा ५०० खेलाडीबीच खेलकुद शिल्ड प्रतिस्पर्धा, #विजेतालाई ४ लाख पुरस्कार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्