यस्तो छ ई. अमन मास्केको विकासका ९ प्रतिबद्धता
काठमाडौं अमन मास्केले आगामी निर्वाचनलाई लक्षित गर्दै समग्र विकासका विषय समेटिएको विस्तृत प्रतिबद्धता सार्वजनिक गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट काठमाडौं क्षेत्र नं ६ का उम्मेदवार तथा तारकेश्वर नगरपालिका–७, फुटुङ निवासी इन्जिनियर मास्केले सुशासन, पूर्वाधार विकास, शिक्षा–स्वास्थ्य सुधार, रोजगारी सिर्जना, संस्कृति संरक्षण तथा डिजिटल प्रविधि विस्तारलाई आफ्नो प्राथमिकतामा राखेका छन्।
बागमती प्रदेश सभाका पूर्व सदस्य तथा पूर्व मन्त्रीसमेत रहेका उनले व्यवस्थापिका र कार्यपालिका दुवै तहमा हासिल गरेको अनुभवलाई स्थानीय विकासमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसअघि बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्री रहँदा उनले काठमाडौं क्षेत्र नं। ६ भित्र करिब एक अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गराएका मास्के स्थानीय स्तरमा लोकप्रिय नेताका रुपमा परिचित हुनुहुन्छ ।
शैक्षिक रूपमा मास्केले आर्किटेक्चरल इन्जिनियरिङमा डिप्लोमा र स्नातक उत्तीर्ण गरेका छन्। साथै कन्स्ट्रक्सन म्यानेजमेन्टमा एमएससी, सोसियोलोजीमा एमए तथा एमफिल अध्ययन पूरा गरी हाल पीएचडी स्कलरका रूपमा अध्ययनरत छन्। इन्जिनियरिङ क्षेत्रमा लामो अनुभव र प्रदेश सरकारमा काम गरेको अनुभवले नीति निर्माण र कार्यान्वयन दुवै पक्षमा दक्षता हासिल गरेको उनको भनाइ छ।
हेर्नुहोस ९ बुँदे प्रतिवद्धता पत्र


क्याटेगोरी : समाचार
ट्याग : #aman maskey, #breaking, #यस्तो छ ई. अमन मास्केको विकासका ९ प्रतिबद्धता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्