महामन्त्रीद्वय थापा र शर्मासँगको वार्तामा देउवाले के भने ?
काठमाडौं, पुस — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको नेतृत्व गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग बुधबार बिहान छलफल गरेका छन्। आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनपछि देखिएको विवाद समाधानको प्रयासस्वरूप उक्त छलफल भएको हो।
छलफलबाट कुनै ठोस सहमति नजुटेपछि महामन्त्रीद्वय थापा र शर्मा वार्ता स्थलबाट बाहिरिएका छन्। छलफलका क्रममा महामन्त्रीद्वयले सभापति देउवालाई निष्क्रिय भूमिका खेल्न आग्रह गरेका थिए। तर देउवाले मुन्टो हल्लाएर संकेत गरे पनि प्रत्यक्ष जवाफ नदिएको महामन्त्रीहरूको भनाइ छ।
छलफलमा सभापति देउवाले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसम्पादन समितिले गरिसकेको र त्यसपछि आफूले नेतृत्व छाड्ने सार्वजनिक घोषणा गरिसकेको बताएका थिए। विधानअनुसार आफू पुनः उम्मेदवार बन्न नमिल्ने पनि उनले स्पष्ट पारेका थिए।
वार्तामा सहभागी संस्थापन पक्षका एक नेताका अनुसार देउवाले “तीन महिनामा हुने के नै छ र ?” भन्दै सहमतिमा अघि बढ्न आग्रह गरेका थिए। ती नेताका अनुसार देउवाले राष्ट्रिय सभा र प्रतिनिधिसभाको बन्द सूचीमा आफ्नै हस्ताक्षरबाट उम्मेदवारी दर्ता भइसकेको उल्लेख गर्दै प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा अर्कै व्यक्तिको हस्ताक्षर कानुनसम्मत हुन्छ कि हुँदैन भन्ने विषयमा निर्वाचन आयोग र कानुनका जानकारसँग परामर्श गर्न तयार रहेको बताएका थिए।
देउवाको आग्रहपछि महामन्त्रीद्वय थापा र शर्माले पार्टीभित्रका साथीहरूसँग थप छलफल गर्नुपर्ने भन्दै बैठकबाट बाहिरिएको ती नेताले जानकारी दिए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #महामन्त्रीद्वय थापा र शर्मासँगको वार्तामा देउवाले के भने ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्