Techie IT
सोमबार, पुस १४,२०८२

एमालेको समानुपातिक उम्मेदवार चयन : यस्तो छ नामावली


काठमाडौं । नेकपा (एमाले)ले समानुपातिक प्रतिनिधित्वतर्फ उम्मेदवार चयन गर्दा तीन पुस्ताको समायोजन गरेको छ । पुरानो पुस्ताको अनुभव, नयाँ पुस्ताको ऊर्जा र समावेशीतालाई सन्तुलित ढंगले अघि बढाउने प्रयास सूचीमा देखिन्छ ।

पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा. पुष्प कडेललगायतका नेताहरू समेटिएका छन् । महिलातर्फ पद्मा अर्याल, टुका हमाल, निरुपाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतको सहभागिता छ ।

पिछडिएको क्षेत्रबाट गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत गरी आठ जना प्रतिनिधित्वमा परेका छन् । अपाङ्गता भएका समुदायबाट रामबहादुर थापा र यसुदा बराल पनि समानुपातिक सूचीमार्फत समावेश गरिएको एमालेले जनाएको छ ।

नयाँ पुस्ताबाट निशा घतानी, क्रान्ति बुर्लाकोटी, अनिता कन्दङवालगायतका युवा नेताहरू पनि सूचीमा अटाएका छन् । दलितबाट मिना बराम, मनकुमारी तितुङ, माया देवी पौडेल, निर्मल दउला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायत युवा तथा समावेशी अनुहारलाई अवसर दिइएको छ ।

एमालेको यो समानुपातिक सूचीले पुस्तान्तरण, समावेशी प्रतिनिधित्व र क्षेत्रीय सन्तुलनलाई एकसाथ अघि बढाउने प्रयास गरेको सन्देश दिएको छ ।

मुस्लिमबाट साजिदा सिद्दीकी, मोहम्मद हारून लगायतको नामावली छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेको समानुपातिक


तपाईको कमेन्ट लेख्नुहोस्