Techie IT
सोमबार, पुस १४,२०८२

पत्रकारमाथि मिराज समूहको जेनजीद्वारा कुटपिट


काठमाडौं । आजबाट आन्दोलनको घोषणा गरेको मिराज ढुंगाना समूहका जेनजीले पत्रकारमाथि हातपात गरेका छन् ।

माइतीघरमा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रदर्शनमा उत्रिएका ढुंगाना समूहका जेनजीले कुटपिट गरेका हुन् । प्रदर्शनकारीले हातपात गरेपछि पत्रकारहरूले पनि प्रतिरोध गरेका थिए ।

दुई पक्षीय झडप नै भएपछि प्रहरीले केही जेनजीलाई पक्राउ समेत गरेको छ । प्रदर्शनकारीको कुटपिटमा परेर एकजना पत्रकार घाइतेसमेत भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पत्रकारमाथि मिराज समूहको जेनजीद्वारा कुटपिट


तपाईको कमेन्ट लेख्नुहोस्