प्रतिक्रान्तिलाई परास्त गर्न संसद् पुनर्स्थापना जरूरी : बादल
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलले संसद पुनर्स्थापना हुनुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रतिक्रान्तिलाई परास्त गर्न संसद पुनर्स्थापना हुनुपर्ने बताएका हुन् । वर्तमान सरकार प्रतिगमनबाट जन्मिएको उनले टिप्पणी गरे ।
‘प्रतिक्रान्तिलाई परास्त गर्नुपर्छ। त्यसको लागि संसद् पुनस्र्थापना हुन जरुरी छ,’ उनले भने। भएको दाबी गरे।
उनले अहिलेको अवस्थामा केपी ओलीको नेतृत्वविना एमाले अघि बढ्न नसक्ने बताए । विधान महाधिवेशनले पनि अध्यक्षमा ओलीकै निरन्तरताको सन्देश दिएको उनको भनाइ छ । ‘विधान महाधिवेशनले पनि ओलीको नेतृत्वको निरन्तरताको सन्देश दिएको छ,’ थापाले भने, ‘सोही म्यान्डेटअनुसार ११ औँ महाधिवेशनले नेतृत्व चयन गर्नुपर्छ।’
क्याटेगोरी : समाचार
ट्याग : #: बादल, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्