एमाले महाधिवेशन : काठमाडौं क्षेत्र नम्बर ६ बाट को को ले गरे प्रतिनिधि उम्मेद्धवार दर्ता (सूचि)
नेकपा एमालेको यही मंसिर २७ देखि २९ गतेसम्म हुने ११ औं महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधि बन्नका लागि खुल्ला, महिला र युवा बेग्लाबेग्लै क्षेत्रतर्फबाट २९ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
खुल्ला क्षेत्रतर्फ आवश्यक २ जना प्रतिनिधिका लागि ९ जनाको उम्मेदवारी परेको छ । खुल्लातर्फ प्रकाश अधिकारी, मनोज कुमार घिमिरे, विश्वनाथ लामिछाने, नरेशमान महर्जन, शान्तरत्न महर्जन, रामेश्वर बोहरा, केदार बस्नेत, लेखनाथ फुयाँल, अमनकुमार मास्के, दिपक भण्डारी, कृष्णप्रसाद अधिकारी र विष्णु कार्कीको उम्मेदवारी दिनुभएको छ । उम्मेदवारी दर्ता गर्नेमध्ये पुरुषोत्तम आचार्यको लिष्टमा नाम नभएकाले दरपीठ भएको छ ।
महाधिवेशन प्रतिनिधिमा महिला क्षेत्रतर्फबाट २ जनाका लागि ७ जनाले उम्मेदवारी दिनुभएको छ । रुक्मीणी कटुवाल, सावित्री देवी शर्मा, देवमाया आचार्य, विन्दा बु«ढाथोकी, कल्पना रिजाल, मञ्जु शर्मा गौतम (मञ्जरी) र भवानी मैंया पन्तले उम्मेदवार बन्नुभएको छ ।
यसैगरि, महाधिवेशनमा युवा क्षेत्रतर्फबाट १ जनाको प्रतिनिधित्व रहने प्राबधान रहेको छ । यसका लागि ९ जनाले उम्मेदवारी दिनुभएको छ ।« गणेश प्रसाद ओझा, दिपेश प्रसाईं, कञ्चन भट्ट, पुकार तिमिल्सिना (राधेश्याम), श्यामकृष्ण महर्जन, विजय बानियाँ, बलराम सिटौला, सुमन राज कार्की र कपिल अधिकारीको उम्मेदवारी परेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं क्षेत्र नम्बर ६
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्