Techie IT
बुधबार, मंसीर ११,२०८२

एमाले महाधिवेशन : काठमाडौं क्षेत्र नम्बर ६ बाट को को ले गरे प्रतिनिधि उम्मेद्धवार दर्ता (सूचि)


नेकपा एमालेको यही मंसिर २७ देखि २९ गतेसम्म हुने ११ औं महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधि बन्नका लागि खुल्ला, महिला र युवा बेग्लाबेग्लै क्षेत्रतर्फबाट २९ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

खुल्ला क्षेत्रतर्फ आवश्यक २ जना प्रतिनिधिका लागि ९ जनाको उम्मेदवारी परेको छ । खुल्लातर्फ प्रकाश अधिकारी, मनोज कुमार घिमिरे, विश्वनाथ लामिछाने, नरेशमान महर्जन, शान्तरत्न महर्जन, रामेश्वर बोहरा, केदार बस्नेत, लेखनाथ फुयाँल, अमनकुमार मास्के, दिपक भण्डारी, कृष्णप्रसाद अधिकारी र विष्णु कार्कीको उम्मेदवारी दिनुभएको छ । उम्मेदवारी दर्ता गर्नेमध्ये पुरुषोत्तम आचार्यको लिष्टमा नाम नभएकाले दरपीठ भएको छ ।

महाधिवेशन प्रतिनिधिमा महिला क्षेत्रतर्फबाट २ जनाका लागि ७ जनाले उम्मेदवारी दिनुभएको छ । रुक्मीणी कटुवाल, सावित्री देवी शर्मा, देवमाया आचार्य, विन्दा बु«ढाथोकी, कल्पना रिजाल, मञ्जु शर्मा गौतम (मञ्जरी) र भवानी मैंया पन्तले उम्मेदवार बन्नुभएको छ ।

यसैगरि, महाधिवेशनमा युवा क्षेत्रतर्फबाट १ जनाको प्रतिनिधित्व रहने प्राबधान रहेको छ । यसका लागि ९ जनाले उम्मेदवारी दिनुभएको छ ।« गणेश प्रसाद ओझा, दिपेश प्रसाईं, कञ्चन भट्ट, पुकार तिमिल्सिना (राधेश्याम), श्यामकृष्ण महर्जन, विजय बानियाँ, बलराम सिटौला, सुमन राज कार्की र कपिल अधिकारीको उम्मेदवारी परेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं क्षेत्र नम्बर ६


तपाईको कमेन्ट लेख्नुहोस्