Techie IT
आईतबार, असार २२,२०८२

पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त


काठमाडौं । पेनाल्टी सुटआउटमा उज्वेकिस्तानसँग ४–२ ले पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त भएको छ ।

उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रंगशालामा निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा नेपाल घरेलु टोलीसँग निराश बनेको हो ।

उज्वेकिस्तानका लागि एम सोयिमोभा, यु जोइरोभा, एम खिक्माटोभा, एम अमिनिजोनोभाले गोल गर्दा नेपालका लागि गिता राना, सवीता रानामगरले गोल गर्दा सावित्राको प्रहार पहिलो बारको पोलमा लागेर फर्किएको थियो । त्यस्तै गोलकिपर अञ्जना रानामगरको प्रहार उज्वेकिस्तानी गोलकिपर एम जोनिमक्युलोभाले बचाइन् ।

जितसँगै उज्वेकिस्तानले पहिलो पटक छनोट चरण पार गरेर एसियन कपमा स्थान बनाएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
26°
Mostly Cloudy
5:12 am7:04 pm +0545