Techie IT
बिहीबार, असार १९,२०८२

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक जना घाइते, आगो नियन्त्रणमा


बारा, १९ असार । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ मा अवस्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार राति करिब ९ः१५ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो । घटनापछि नजिकै रहेको इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

विस्फोटको कारण र त्यसबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन । प्रहरी प्रवक्ता पण्डितले घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको बताए ।

उद्योग सञ्चालनमा रहेको समयमा विस्फोट भएको हुँदा सम्भावित मानवीय क्षतिको आशङ्का गरिए पनि एक जना मात्र घाइते भएको जानकारी प्राप्त भएको जनाइएको छ ।

घाइते हुनेमा भारत विहारको सीतामडी निवासी ३५ वर्षीय अजय बैठा रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेद जोशीले जानकारी दिए । उनका अनुसार अपरेटरको काम गर्दै आएका बैठाको दाहिने हातमा चोट लागेको छ भने आगो नियन्त्रण आइसकेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आगो नियन्त्रणमा, #जगदम्बा स्टिलमा विस्फोट हुँदा एक जना घाइते


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:11 am7:04 pm +0545