Techie IT
बिहीबार, असार १२,२०८२

रास्वपाको महामन्त्री माग गर्दै मुकुल सर्वोच्चमा, दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश


काठमाडौं । डा.मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीको हैसियतमा काम गर्न पाउनुपर्ने माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले दुबै पक्षलाई छलफलमा बोलाएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सुनुवाइपछि दुवै पक्षलाई १७ गते मंगलबार छलफलका लागि बोलाउन सर्वोच्च अदालतले आदेश दिएको सहायक प्रवक्ता निराजन पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार रिट निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश दिन मिल्ने वा नमिल्ने भन्ने निर्णय गर्नका लागि मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिएको हो ।

निर्वाचन आयोगले आफ्नो रेकर्डमा रास्वपाको विवरण अद्यावधिक नरहेको सूचना उनलाई दिएपछि ढकालले अदालतमा रिट दायर गरेका हुन् । उनले अदालतबाट उत्प्रेषण आदेशको माग गरेका छन् ।

ढकालले रिटमा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, केन्द्रीय कार्य समिति, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हाल कारागार कार्यालय रुपन्देहीमा थुनामा रहेका रवि लामिछानेलाई प्रतिवादी बनाएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश, #रास्वपाको महामन्त्री माग गर्दै मुकुल सर्वोच्चमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain with Thunder
5:08 am7:04 pm +0545