बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ७१औँ शृङ्खलामा साहित्य र सङ्गीतको बेजोड प्रस्तुति

बर्दिबास, असार ८ –
बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठान, बर्दिबास महोत्तरीको ७१औँ नियमित शृङ्खला कार्यक्रम यस प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ । शनिबार सम्पन्न कार्यक्रममा साहित्य, सङ्गीत र सिर्जनात्मक अभिव्यक्तिहरूको मनमोहक संगम देखिएको थियो ।
कार्यक्रम सञ्चालन प्रतिष्ठानका कोषाध्यक्ष पवनकुमार वाग्लेले गर्नु भएको थियो भने सचिव यशोदा श्रेष्ठले स्वागत मन्तव्यसहित प्रतिष्ठानको उद्देश्य र गतिविधिबारे संक्षिप्त जानकारी प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा प्रगतिशील लेखक सङ्घ, मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे, सचिव भिम राउत, अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सचिव जीवनस्पर्शी, वरिष्ठ गायक तथा संगीत प्रशिक्षक पूर्ण परियार, गौरीशंकर वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष प्रेम घिमिरे, जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य विमला विश्वकर्मा, समाजसेवी उषा ढकाल, सिस्नुपानी नेपाल महोत्तरी अध्यक्ष विश्वास अभियान, बुढ्यौली साहित्य समाज धनुषाका अध्यक्ष नानीराम दहाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान महोत्तरीका अध्यक्ष बेल बहादुर परियार, ग्लोबल एकेडेमीका शिक्षक लोकहरि खतिवडा, शम्भु दहाल, प्रतिष्ठानका आख्यान विभाग प्रमुख लिलानाथ गौतम, प्रचारप्रसार विभाग प्रमुख जीवनराज दाहाल, साहित्यप्रेमी मिरा यादव, लेखनाथ स्मृति सदन उपाध्यक्ष दिनेश ‘गरिब’ पौडेल, जनता साहित्यिक मञ्च गौरीडाँडा तल्लो सदन अध्यक्ष शुभेच्छा घिमिरे, सचिव श्रेया कर्ण, प्रलेस बर्दिबास नगर समिति सहसचिव यादवराज वाग्ले, साहित्यप्रेमी शर्मिला पोखरेल र सुस्मिता ढुङ्गेल लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा करिश्मा महतो, कृष भट्टराई, साबन राउत, रिता खड्का, प्रसिसा पौडेल, समीक्षा परियार, दीपिका कुमारी, प्रशंसा वाग्ले, दशक बलम्पाकी, अन्सु श्रेष्ठ, करिश्मा चौधरी, प्रणव ठाकुर, रजनिस चौधरीलगायतले आफ्ना रचना वाचन गरेका थिए ।
सांगीतिक वातावरणलाई गायन प्रस्तुतिहरूले अझ रमणीय बनाएका थिए । विशेषतः पूर्ण परियार र बेल बहादुर परियारको सजीव गायनमा उपस्थित सबै सहभागीहरू खुसी हुँदै रमाएका थिए ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष रामचन्द्र पौडेलले सहभागिता जनाउने सम्पूर्ण स्रष्टा, अतिथि र श्रोताप्रति धन्यवाद ज्ञापन गर्दै आगामी शृङ्खलामा अझ सशक्त रूपमा निरन्तरता दिने प्रतिबद्धता जनाए । साथै, हल तथा खाजा व्यवस्थापनका लागि ग्लोबल एकेडेमी बर्दिबासप्रति विशेष आभार प्रकट गर्दै कार्यक्रम समापन गरिएको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्