Techie IT
शुक्रबार, जेठ २४,२०८२

विश्व साइकल दिवस २०८२ : बर्दिवासमा विशेष साइक्लिङ कार्यक्रम हुने


जीवनराज : बर्दिवास, जेठ १९ –
विश्व साइकल दिवस २०८२ को अवसरमा बर्दिवास साइक्लिङ ग्रुपको आयोजनामा विशेष साइक्लिङ कार्यक्रम हुने भएको छ । जेठ २० गते विहान ६:०० बजेदेखि सुरु हुने उक्त कार्यक्रम महोत्तरीको बर्दिवासस्थित टुटेश्वर मन्दिर प्राङ्गणबाट सञ्चालन गरिनेछ ।

साइक्लिङप्रति रुचि राख्ने सम्पूर्ण उत्साहीहरूलाई लक्षित गरी आयोजना गरिने कार्यक्रममा स्लो रेस (२०० मिटर) र स्पिड रेस (१० किलोमिटर) दुई विधामा प्रतिस्पर्धा गरिने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा सहभागिता जनाउन न्यूनतम रु. २००० शुल्क तोकिएको छ भने इच्छुकले स्वेच्छाले सोभन्दा बढी रकम सहयोग गर्न सक्नेछन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीहरूलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ । साथै, विहानको खानाको विशेष व्यवस्था पनि गरिएको छ ।

साइक्लिङलाई दिगो यातायात, शारीरिक स्वास्थ्य र वातावरणीय सचेतनासँग जोड्दै स्थानीय स्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिँदै आएको यस कार्यक्रमले बर्दिवास नगरमा स्वास्थ्य र हरियालीको सन्देश फैलाउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा सहभागी सबैलाई हेलमेट र जुत्ता अनिवार्य गरिएको छ भने सम्भव भएसम्म सेतो टिसर्ट लगाउन अनुरोध गरिएको छ ।

बर्दिवास साइक्लिङ ग्रुपले सो दिन साइक्लिङप्रेमी सबैलाई समयमै उपस्थित भई सक्रिय सहभागिता जनाउन हार्दिक निमन्त्रणा गरेको छ ।

 

 


क्याटेगोरी : banner, पर्यटन, मनोरञ्जन/साहित्य, समाचार, समाज, स्थानीय, स्वास्थ्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:06 am6:58 pm +0545