विश्व साइकल दिवस २०८२ : बर्दिवासमा विशेष साइक्लिङ कार्यक्रम हुने
जीवनराज : बर्दिवास, जेठ १९ –
विश्व साइकल दिवस २०८२ को अवसरमा बर्दिवास साइक्लिङ ग्रुपको आयोजनामा विशेष साइक्लिङ कार्यक्रम हुने भएको छ । जेठ २० गते विहान ६:०० बजेदेखि सुरु हुने उक्त कार्यक्रम महोत्तरीको बर्दिवासस्थित टुटेश्वर मन्दिर प्राङ्गणबाट सञ्चालन गरिनेछ ।
साइक्लिङप्रति रुचि राख्ने सम्पूर्ण उत्साहीहरूलाई लक्षित गरी आयोजना गरिने कार्यक्रममा स्लो रेस (२०० मिटर) र स्पिड रेस (१० किलोमिटर) दुई विधामा प्रतिस्पर्धा गरिने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा सहभागिता जनाउन न्यूनतम रु. २००० शुल्क तोकिएको छ भने इच्छुकले स्वेच्छाले सोभन्दा बढी रकम सहयोग गर्न सक्नेछन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीहरूलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ । साथै, विहानको खानाको विशेष व्यवस्था पनि गरिएको छ ।
साइक्लिङलाई दिगो यातायात, शारीरिक स्वास्थ्य र वातावरणीय सचेतनासँग जोड्दै स्थानीय स्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिँदै आएको यस कार्यक्रमले बर्दिवास नगरमा स्वास्थ्य र हरियालीको सन्देश फैलाउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सहभागी सबैलाई हेलमेट र जुत्ता अनिवार्य गरिएको छ भने सम्भव भएसम्म सेतो टिसर्ट लगाउन अनुरोध गरिएको छ ।
बर्दिवास साइक्लिङ ग्रुपले सो दिन साइक्लिङप्रेमी सबैलाई समयमै उपस्थित भई सक्रिय सहभागिता जनाउन हार्दिक निमन्त्रणा गरेको छ ।

क्याटेगोरी : banner, पर्यटन, मनोरञ्जन/साहित्य, समाचार, समाज, स्थानीय, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्