Techie IT
मंगलबार, वैशाख २३,२०८२

तारकेश्वर नगरपालिका र केन्ज्योसोम गाउँपालिका उपत्यकाव्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको १-१ को बराबरीमा


काठमाडौँ, वैशाख २३ गते । तारकेश्वर नगरपालिका र केन्ज्योसोम गाउँपालिकाले उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा मंगलबार १-१ को बराबरीमा रोकिएका छन् ।

प्रतियोगितामा यो पहिलो बराबरीमा हो । यसअघि आयोजक गोदावरी नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई ६-१, ललितपुर महानगरपालिकाले बागमती गाउँपालिकालाई ७-३, दक्षिणकाली नगरपालिकाले कागेश्वरी नगरपालिका तथा साबिक विजेता काठमाडौं महानगरपालिकाले चाँगुनारायण नगरपालिकाविरुद्ध समान ५-० को जित निकालेका थिए ।

यो नतिजसँगै समूह ‘डी’ का दुवै टोलीले एक अंक जोडेका छन् । च्यासल मैदानमा तारकेश्वरका लागि सुजन महर्जन र कन्ज्योसोमका लागि अमित तामाङले गोल गरे ।

खेलको ३१औं मिनेटमा सुजनको गोलमार्फत तारकेश्वरले अग्रता लिएको थियो । तर टोलीले दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन ।

अमितले ६१औं मिनेटमा कोन्ज्योसोमलाई बराबरीमा । त्यसपछि थप गोल निस्कन नक्दा दुवै टोली अंक बाँड्न बाध्य बने ।

अब आफ्नो दोस्रो खेलमा तारकेश्वर वैशाख २५ तथा कान्ज्योसोमले २७ मा कीर्तिपुर नगरपालिकाको सामना गर्नेछन् ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #बराबरीमा रोकिए तारकेश्वर र कोन्ज्योसोम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545