च्याम्पियन्स ट्रफी विजेता भारतीय टोलीलाई ५८ करोड पुरस्कार

काठमाडौँ, चैत ७ गते । दुईमा हालै सम्पन्न आइसिसी च्याम्पियन्स ट्रफी विजेता भारतीय टोलीका खेलाडीलाई भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले ५८ करोड भारतीय रुपियाँ पुरस्कार घोषणा गरेको छ ।
बिसिसीआईले बिहीबार टोलीका खेलाडीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । फाइनलमा भारतले न्युजिल्यान्डलाई चार विकेटले हराउँदै उपाधि जितेको थियो । भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको च्याम्पियन भएको हो । यसअघि सन् २००२ र २०१३ मा पनि भारत विजेता बनेको थियो ।
बिसिसीआईका अध्यक्ष रोजर बिन्नीले उपाधि जित्नु भारतीय क्रिकेटका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै खेलाडीको मेहनतको सम्मान स्वरुप नगर पुरस्कार घोषणा गरेको बताउनुभयो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #च्याम्पियन्स ट्रफी विजेता भारतीय टोलीलाई ५८ करोड पुरस्कार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्