नेकपा एसको अपानी- अराजनीतिक साँठगाँठको ओली सरकार आफ्नै अयोग्यताको दुश्चक्रमा फस्दैछ
काठमाडौं । नेकपा एकीकृत समाजवादीले अहिलेको सत्ता गठबन्धन केबल अराजनीतिक साँठगाँठ भएको पुष्टि भएको बताएको छ ।
अध्यक्ष माधव नेपालले हालै अपानी जारी गर्दै सरकारको अयोग्यताले आम असन्तुष्टि बढ्ने र सत्ताको नालायकी अझ गम्भीर बन्दै जाने दुश्चक्रमा यो गठबन्धन फस्दै गएको जनाएका छन् ।
अपानीमा भनिएको छ, ‘त्यसले हाम्रो पहलकदमीका लागि अनुकुलता नै थपेको छ । वर्तमान गठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न सकेको छैन । यो सरकार देश र जनताको हित् प्रतिकूल निरङ्कुश ढङ्गले अगाडि बढ्दैछ । संसदलाई छलेर अध्यादेशमार्फत सत्ता सञ्चालन गर्दैछ । यसले भ्रष्टाचार नियन्त्रण गर्ने होइन भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने काम गरेको छ ।’
देशमा महंगी अकासिएको तर सरकार मूल्य नियन्त्रण गर्ने होइन व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर दलाल व्यापारीको पक्षमा उभिएको उल्लेख छ ।
अपानीमा भनिएको छ, यसले किसानका समस्या समाधान गर्ने होइन भूमाफियाले हदभन्दा बढी जमीन प्लटिङ गरेर बेच्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर जग्गा दलाल र भूमाफियाको हितमा काम गर्दैछ ।
ओली सरकारले अन्तराष्ट्रिय सम्बन्ध सन्तुलित राख्न पनि नसकेको आरोप छ ।
अपानीमा भनिएको छ, ‘सरकारका यस किसिमका गतिविधिले गर्दा आम जनतामा राज्य र सरकारप्रति चरम निराशा उत्पन्न भएको छ । हाम्रोसमेत पहलकदमीमा संसदमा रहेका प्रतिपक्षी दलहरू सरकारका उपयुक्त गलत क्रियाकलापका विरुद्ध उभिएका छन् र बैठक बसी छलफल गरेर संयुक्त वक्तव्यमार्फत् साझा धारणा सार्वजनिक गरेका छन् ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एसको अपानी- अराजनीतिक साँठगाँठको ओली सरकार आफ्नै अयोग्यताको दुश्चक्रमा फस्दैछ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्