एलिट कपका लागि पुलिसको टोली घोषणा, आरिफले कप्तानी गर्ने

काठमाडौं । नेपाल पुलिस क्लबले आउँदो सातादेखि हुने जय ट्रफी पुरुष एलिट कप क्रिकेट खेल्ने टोलीको घोषणा गरेको छ ।
पुलिसले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । नियमित कप्तान दीपेन्द्रसिंह ऐरी आइटिएल टी(२० खेल्न गएपछि पुलिसको कप्तानी आरिफले गर्न लागेका हुन् ।
क्यानका पूर्वअध्यक्ष जयकुमार नाथ शाहको सम्झनामा पुस २१ गतेदेखि माघ ३ गतेसम्म जनकपुर र पर्सामा जय ट्रफी हुँदैछ ।
जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली९नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश० को सहभागिता रहने छ ।
प्रतियोगितामा गत फेब्रुअरीमा भएको प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा शीर्ष ४ मा परेका टोली सहभागी हुनेछन् ।
नेपाल पुलिस क्लबसहित त्रिभुवन आर्मी क्लब, मधेस प्रदेश र बागमती प्रदेशले डे क्रिकेटमा सहभागिता जनाउने छन् । प्रतियोगितामा सबै टोलीले एक अर्कासँग एक९एक खेल खेल्नेछन् । त्यसपछि शीर्ष शीर्ष दुईमा रहने टोली फाइनल खेल्नेछन् ।
पुलिसको टोली
आरिफ शेख (कप्तान), कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौलिया, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, रासिद खान, अर्जुन साउद र दिपक सरेला ।
क्याटेगोरी : खेलकुद
ट्याग : #आरिफले कप्तानी गर्ने, #एलिट कपका लागि पुलिसको टोली घोषणा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्