चेल्सीलाई इपस्विच टाउनको झट्का

काठमाडौँ, पुस १६ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार टोली चेल्सीलाई इपस्विच टाउनको नमिठो झट्का लागेको छ ।
लिग अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सी इपस्विच टाउनसँग उसैको मैदानमा २–० गोलले पराजित भयो । इपस्विचको जितमा लिआम डेलापल १२औँ र ओमारी हटचिन्सनले ५३औँ मिनेटमा गोल गर्नुभयो । चेल्सीले गोलका लागि अवसर बनाए पनि सदुपयोग गर्न सकेन ।
हारसँगै चेल्सीले शीर्षटोली लिभरपुलसँग अङ्क दूरी घटाउने मौका गुमाउनुका साथै दोस्रो स्थानमा ओगट्ने अवसरबाट पनि वञ्चित रह्यो । १९ खेलबाट ३४ अङ्क बनाएको चेल्सी चौथो स्थानमा छ ।
शीर्षस्थानमा रहेको लिभरपुलको ४५ अङ्क छ । चेल्सीलाई हराएको इपस्विच १५ अङ्कसहित १८औँ स्थानमा छ । इपस्विच रेलिगेसनको डरबाट मुक्त हुन सकेको छैन । सोमबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड न्युक्यासल युनाइटेडसँग २–० गोलले पराजित भयो ।
युनाइटेडलाई उसैको मैदानमा हराउन न्युक्यासलका अलेकजेन्डर इसाकले चौथो र जोलिन्टनले १९औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै ३२ अङ्क बनाएको न्युक्यासल पाँचौँ स्थानमा उक्लिएको छ ।
पराजित युनाइटेड २२ अङ्कसहित १४औँ स्थानमा छ । युनाइटेड अझै रेलिगेसनको डरबाट मुक्त हुन सकेको छैन ।
क्याटेगोरी : खेलकुद
ट्याग : #चेल्सीलाई इपस्विच टाउनको झट्का
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्