साका घाइते हुँदा आर्सनललाई समस्या
काठमाडौं। आर्सनल स्टार बुकायो साका ह्यामस्ट्रिङको चोटको कारण कम्तिमा दुई महिना मैदान बाहिर हुने भएपछि इङ्लिस क्लब आर्सनल समस्यामा परेको छ ।
आर्सनलका विंगर साका कम्तिमा दुई महिना मैदानबाहिर रहने आर्सनलका मुख्य प्रशिक्षक मिकेल आर्टेटाले बताएपछि आर्सनलका फ्यान निरास भएका हुन् ।
गत साता क्रिस्टल प्यालेसविरुद्ध ५(१ को जित निकाल्दा साकाको ह्यामस्ट्रिङमा चोट लागेको थियो ।
अर्टेटाले भने, ‘उनको शल्यक्रिया भएको छ र सबै कुरा सही हुँदैछ । म यकिनका साथ भन्न सक्दिन साका कहिले मैदान फर्किने छन् । तर उनी कम्तिमा पनि दुई महिना मैदान बाहिर रहनेछन् ।’
हाल इंग्लिस प्रिमियर लिग ९इपिएल०मा आर्सनल दोस्रो स्थानमा छ । साकाको प्रेरणादायी प्रदर्शनले आर्सनल पछिल्लो समय लयमा आएको थियो । अब उसले कम्तिमा दुई महिना साकाको अभावमा खेल खेल्नुपर्ने भएको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #साका घाइते हुँदा आर्सनललाई समस्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्