भारतीय फास्ट बलर बुमराहले बनाए कीर्तिमान
काठमाडौं । भारतका फास्ट बलर जसप्रित बुमराहले मेलबर्नमा जारी बोर्डर(गावस्कर ट्रफीको चौथो टेस्ट क्रिकेटमा भारतीय खेलाडीको तर्फबाट कीर्तिमान बनाएका छन् ।
उनी टेस्ट क्रिकेटमा २०० विकेट लिने पहिलो भारतीय फास्ट बलर बनेका हुन् । घरेलु टोली अष्ट्रेलियाका ट्राभिस हेडको विकेट लिएसँगै यो कीर्तिमान बुमराहको नाममा आएको हो । बुमराहले २०० विकेट पूरा गर्न ४४ खेल खेल्नु परेको छ ।
भारतीय क्रिकेटमा २०० विकेटको कोशेढुङ्गा पार गर्ने उनी दोस्रो खेलाडी बने । यसअघि स्पिनर रविचन्द्रन अश्विनले २०० विकेट लिएका थिए । तर फास्ट बलर तर्फ बुमराह पहिलो खेलाडी हुन् । अश्विनले ३७ खेलमा २०० विकेट लिएका थिए ।
बुमराह अहिले आइसीसी र्याङ्किङको टेष्ट तर्फ पहिलो नम्बरको खेलाडी समेत हुन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : #भारतीय फास्ट बलर बुमराहले बनाए कीर्तिमान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्