सिटीलाई अर्को झड्का, डिफेन्डर जोन स्टोन्स घाइते
काठमाडौं । यो सिजन खराब लयबाट गुज्रिएको इंग्लिस प्रिमियर लिग ९इपीएल०को डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको लागि खराब समाचार आएको छ ।
उसको नियमित डिफेन्डर जोन स्टोन्सले बक्सिङ डे मा हुने एभर्टन विरुद्धको खेल गुमाउने भएका छन् ।
शनिवार एस्टन भिल्लासङ्गको खेलमा घाइते भएका जोनले कम्तीमा एक खेल गुमाउने भएपछि लय बिग्रिएको सिटीलाई लयमा ल्याउन प्रशिक्षक गार्डिओलालाई थप समस्या हुने देखिएको हो ।
३० वर्षीय डिफेन्डरले घाइते हुनुअघि भिल्ला विरुद्ध ४५ मिनेट मात्र मैदानमा खेलेका थिए । उनले आफूलाई असहज महसुस भएको जनाउ दिएपछि सिटिले उनको ठाउँमा काइल वाकरलाई प्रतिस्थापन गरेको थिए ।
सिटीले पछिल्लो समय खेलेको १२ खेलमा १ मा मात्र जित निकालेपछि प्रशिक्षक गार्डिओला पूर्ण रूपमा दबाबमा छन् ।
जारी सिजनको १७ औँ चरणको खेल सम्पन्न हुँदा सिटी २७ अङ्क सहित सातौँ स्थानमा छ । उ भन्दा एक खेल कम खेलेको लिग लिडर लिभरपुलको ३९ अङ्क छ । अब यो सिजन उपाधि रक्षा गर्ने सिटीको सम्भावना लगभग अन्त्यको अवस्थामा देखिन्छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #डिफेन्डर जोन स्टोन्स घाइते, #सिटीलाई अर्को झड्का
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्