तारकेश्वरमा अर्को साता एनएनआईपीए स्पोर्ट्स अवार्ड हुने
काठमाडौं, पुस ९ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले हरेक वर्ष प्रदान गर्दै आएको एनएनआईपीए स्पोर्ट्स अवार्डको १९ औं संस्करण पुस २० गते काठमाडौंको तारकेश्वर नगरपालिकास्थित मनमैजु मन्दिर हातामा हुने भएको छ ।
अवार्ड आयोजनाका लागि तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरे । विभिन्न विधामा ३६ जनालाई अवार्ड प्रदान गरिने छ ।
चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलबाट त्यत्तिनै संख्यामै खेलाडीलाई पुरस्कृत गरिने छ । सम्बन्धित खेल संघको सिफारिसमा सम्मानित हुने खेलाडीले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
यिनै २९ खेलाडीबाट समान १÷१ पुरुष÷महिला खेलाडीलाई सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित समान १–१ लाख नगदबाट सम्मान गरिने छ । समान १–१ पुरुष÷महिला खेलाडीलाई प्रतिभाशाली खेलाडी सम्मानसहित जनही ५० हजार नगद प्रदान गरिने छ ।
पाका खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व र एनएनआईपीए खेल पत्रकारिता पुरस्कार स्वरुप १–१ जनालाई जनही ३५ हजार नगदबाट सम्मान गरिने छ । एक वर्ष उत्कृष्ट पारा खेलाडी सम्मानवापत १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #तारकेश्वरमा अर्को साता एनएनआईपीए स्पोर्ट्स अवार्ड हुने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्