सिटीको ओरालो यात्रा, एस्टन भिल्लासँग पराजित
इङलिस प्रिमियर लिगको दशौं चरणपछि खराब खेल पस्केको डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले शनिबारको पहिलो खेलमा एस्टन भिल्लासँग हार व्यहोरेको छ ।
भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा सिटी २-१ ले पराजित भएको हो । पराजित भएसँगै सिटीलाई यो वर्ष उपाधि रक्षा गर्न अब निकै ठूलो संघर्षमात्र गर्नुपर्ने छैन, लिभरपुल, चेल्सी र आर्सनल जस्ता ठूला टीमहरुको नतिजामा पनि भर पर्नुपर्ने भएको छ ।
शनिबारको खेलमा भिल्लाले १६औं मिनेटमा आक्रमण गर्दै सिटीलाई १-० ले पछि पारेको थियो । जोन डुरेनले गोल गर्दै भिल्लालाई पहिलो सफलता दिलाएका थिए ।
पहिलो हाफमा १-० ले पछि परेको सिटीलाई दोस्रो झट्का खेलको दोस्रो हाफमा लाग्यो । भिल्लाको लागि मोर्गेन रोग्रेसले गोल गरेपछि २-० को अग्रता मिल्यो ।
सिटीले खेलको इन्जुरी समयमा फोडेनमार्फत गोल गरे पनि त्यो जितको लागि पर्याप्त बनेन र खेल भिल्लाले जित्यो ।
जितपछि सिटीलाई पछि पार्दै भिल्ला १७ खेलबाट २८ अङ्कको साथ पाँचौं स्थानमा उक्लँदा समान खेलबाट सिटी २७ अङ्कसहित छैटौं स्थानमा झरेको छ । सिटीभन्दा दुई खेल कम खेलेको लिभरपुल ३६ अङ्कसहित पहिलो स्थानमा छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #एस्टन भिल्लासँग पराजित, #सिटीको ओरालो यात्रा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्