महिला यू- १९ एसिया कपः ११ ओभरको खेलमा नेपालले बंगलादेशलाई दियो ५५ रनको लक्ष्य
काठमाडौं । महिला यु १९ एसिया कपको सुपर फोर अन्तरगतको खेलमा नेपालले बंगलादेशलाई ५५ रनको झिनो लक्ष्य दिएको छ ।
११ ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेट क्षतिमा ५४ रन मात्र जोड्न सक्यो ।
टस जितेर बंगलादेशले नेपाललाई पहिले ब्याटिङको निम्तो दियो । वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपाली ब्याटरहरु सम्हालिन सकेनन् । नेपालका दुवै ओपनरसहित तीन ब्याटर दुर्भाग्यपूर्णरुपमा रनआउट भए ।
नेपालले १.५ ओभरमा ८ रन जोड्दा साना प्रवीन रनआउट भइन् । तेस्रो नम्बरमा आएकी कप्तान पूजा महतो र ओपनर सावित्री धामीबीच १९ रनको साझेदारी भयो । ४.५ ओभरमा २७ रन जोड्दा सावित्री पनि रनआउट भइन् । उनले १२ बलमा ११ रन बनाइन् ।
नेपाललाई ठूलो धक्का दिँदै बंगलादेशकी अनिशा अक्तर सोवाले पूजालाई आउट गरिन् । पूजाले ११ बलमा ९ रन बनाइन् । सोनी पाख्रिन पनि रनआउटको सिकार भइन् । तल्लो क्रमका ब्याटरहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #महिला यू- १९ एसिया कपः ११ ओभरको खेलमा नेपालले बंगलादेशलाई दियो ५५ रनको लक्ष्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्