एनपिएल : जनकपुर टस जितेर फिल्डिङ गर्दै

काठमाडौँ, पुस ४ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को दोसो क्वालिफायर खेलमा अहिले कर्णाली याक्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हँदैछ ।
कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा अनिल शाहको कप्तानीमा रहेको जनकपुरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । यस्तै सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले पहिला ब्याटिङ गर्दैछ ।
फाइनल प्रवेशका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग आठ विकेटले पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि पाएको यो दोस्रो अवसर हो ।
सुदूरपश्चिमले फाइनलमा स्थान बनाईसकेको छ । यता कर्णालीले बुधबार एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
यस खेलको विजेताले शनिबार फाइनलमा सुदूरपश्चिमसँग खेल्नेछ । पराजित टोली तेस्रो बन्दै बाहिरिनेछ । यसअघि लिगचरणको खेलमा कर्णाली जनकपुरसँग आठ विकेटले पराजित भएको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #एनपिएल : जनकपुर टस जितेर फिल्डिङ गर्दै
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्