यू-१९ वुमन्स एसिया कप: नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य
काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ वुमन्स एसिया कप क्रिकेटमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनाएको हो ।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन् । अलिशाकुमारी यादवले आक्रामक ब्याटिङ गरिन् । उनले ९ बलमा अविजित २० रन जोडिन् ।
बलिङमा भारतकी पारुनिका सिशोडियाले सर्वाधिक ४ विकेट लिइन् ।
पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #यू-१९ वुमन्स एसिया कप: नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्