कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको सामान्य लक्ष्य
काठमाडौँ, पुस १ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा जितका लागि कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई एक सय दुई रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय एक रन बनायो ।
कर्णालीका लागि जिसन मक्सुदले ३० रन बनाउनुभयो । यस्तै विलियम बसिस्टोले १६, बाबर हायतले १३, चादविक बाल्टन र कप्तान सोमपाल कामीले ११/११ रन बनाउनुभयो ।
बलिङमा सुदूरपश्चिमका हरमित सिंहले तीन विकेट लिनुभयो । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी र स्कट कुग्लेजिनले दुई दुई तथा सईफ जैवले एक विकेट लिनुभयो ।
आजको यस खेलले एनपिएल प्लेअफ समीकरण पूरा हुनेछ । प्लेअफमा स्थान बनाईसकेको सुदूरपश्चिम आजको जित वा झिनो अन्तरको हारले पनि शीर्ष दुईमा रहने पक्का छ ।
यता सुदूरपश्चिमलाई हराएर कर्णाली प्लेअफमा सजिलै स्थान बनाउने लक्ष्यमा छ । यदि कर्णालीले सुदूरपश्चिमसँग फराकिलो हार खेपेमा काठमाडौँ गुर्खाजको प्लेअफ पुग्ने सम्भावना रहन्छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको सामान्य लक्ष्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्