विराटनगरको फराकिलो जित, प्लेअफको सम्भावना जीवित
२८ मंसिर, काठमाडौं । प्लेअफको गणितीय सम्भावना जीवित राख्दै विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हासिल गरेको छ ।
६ खेलमा विराटनगरको यो दोस्रो जित हो । बिराटनगरलाई अब बाँकी एक खेलमा पनि फराकिलो जित हासिल गरेर मात्र पुग्दैन, अन्य खेलको नतिजाले पनि साथ दिनुपर्छ ।
टस जितेर आज विराटनगरले ब्याटिङ रोजेको थियो । एक समय १० रनमा तीन विकेट र ३३ रनमा चार विकेट गुमाएको विराटनगरलाई मार्टिन गुप्टिल, बसिर अहमद र राजेश पुलामीले उद्दार गरे । छैटौं विकेटका लागि बसिर । राजेशले विष्फोटक साझेदारी गर्दै विराटनगरलाई बलियो स्कोरमा पुर्याएका थिए । बिराटनगरले अन्तिम ५ ओभरमा ७६ रन जोडेको थियो ।
उत्कृष्ट सुरुवात गरेको चितवनले अन्तिम ओभरहरुमा लय गुमाउन पुग्यो । चितवनको खराब फिल्डिङ र विकेटकिपिङले पनि बिराटनगरलाई फाइदा मिल्यो । चितवनले २३ अतिरिक्त रन दिएको थियो । मार्टिन गुप्टिल र बसिर अहमदले जीवनदान पाएका थिए ।
३३ रनमा ४ विकेट गुमेको स्थितिबाट मार्टिन गुप्टिल र बसिर अहमदले बिराटनगरलाई खेलमा फर्काएका थिए । उनीहरुले ६५ रनको साझेदारी गर्दै विराटनगरलाई ९८ रनसम्म पुर्याए । त्यसपछि आएका राजेश पुलामीले बसिरलाई बलियो साथ दिए । उनीहरुबीच ३७ बलमा ८३ रनको अविजित साझेदारी भएको थियो ।
बसिर अहमदले ४४ बलमा ४ चौका र ४ छक्कासहित ६८ रन बनाए । यस्तै पुलामीले २० बलमा ३ छक्का र एक चौकासहित ३३ रन हाने ।
जवाफी ब्याटिङमा चितवनले ६ विकेटका क्षतिमा १३० रन मात्रै जोड्न सक्यो । यसअघि तीन खेल जितेको चितवन आज जितेको भए प्ले अफमा बलियो दावेदारी हुन सक्थ्यो । तर, आजको हारले टीममाथि दवाव थपिएको छ ।
चितवनका अमरसिंह रौटेलाले २८ बलमा सर्वाधिक ४२ रन बनाए । कुशल मल्ल २५ बलमा त्यति नै रन बनाएर आउट भए । बिराटनगरका लागि सन्दीप लामिछानेले ४ ओभरमा २८ रन खर्चेर दुई विकेट लिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #प्लेअफको सम्भावना जीवित, #विराटनगरको फराकिलो जित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्