सुदूरपश्चिमलाई हराउँदै चितवनको तेस्रो जित
काठमाडौँ, मङ्सिर २३ गते । बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले हरायो । चार खेलमा चितवनको यो तेस्राे जित हो । सुदूरपश्चिमले चार खेलमा पहिलो हार खेपेको छ ।
जितका लागि एक सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ३१ रन बनायो ।
सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३५ रन बनाउनुभयो । यस्तै ओपनर सईफ जैवले १८, स्कट कुग्लेजिनले १६, ब्रान्डन म्याकमुलेनले १३, दिलप्रित बाजवाले १२, विनोद भण्डारी र नरेन साउदले १०/१० रन बनाउनुभयो ।
बलिङमा चितवनका कुशल मल्ल, जान निकोल, अमर रौटेला र रिजन ढकालले दुई दुई विकेट लिनुभयो । रन्जित कुमार र सोहिल तन्विरले एक एक विकेट झार्नुभयो ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो । चितवनका लागि ओपनर हसन इसाखिलले ६५ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।
उहाँले ५२ बलमा ६ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै रवि बोपराले ३६, विपिन रवालले १७ र कप्तान कुशल मल्लले १३ रन बनाउनुभयो ।
बलिङमा सुदूरपश्चिमका स्कट कुग्लेजिनले दुई तथा ब्रान्डन म्याकमुलेन, सईफ जैवले र कप्तान दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो ।
चार खेलमा पहिलो हार खेपेको सुदूरपश्चिमको ६ अङ्क छ । समान खेलमा तेस्रो जित निकालेको चितवनले पनि ६ अङ्क बनाएको छ ।
हारे पनि सुदूरपश्चिम दोस्रो स्थानमा यथावत् छ । चितवन तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको अपराजित जनकपुरको आठ अङ्क छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #सुदूरपश्चिमलाई हराउँदै चितवनको तेस्रो जित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्