चाँगुनारायण कप फुटसल हुने
प्रदिप ढकाल ,भक्तपुर
मंसिर २२, शुक्रबार ।
झौखेल युवा क्लबको आयोजनामा चाँगुनारायण दुवाकोटमा फुटसल प्रतियोगिता हुने भएको छ ।आगामी मंसिर २९ गते चाँगुनारायण नगरपालिका–२ फौढोकास्थित फौढोका फुटसलमा चाँगुनारायण नगरपालिका फुटसल प्रतियोगिता – २०८१ आयोजना गरिने झौखेल युवा क्लबका अध्यक्ष देवेंद्र गेलालले जानकारी दिए । प्रतियोगितामा चाँगुनारायण नगरपालिकाका प्रत्येक वडा स्तरिय टिमले सहभागिता जनाउने छन्।
प्रतियोगिता संयोजक देवेंद्र गेलालले चाँगुनारायण नगरपालिकामा फुटबलसँगै फुटसलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बताए । उनले उक्त प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताए । त्यस्तै उपविजेता टिमलाई ५० हजार प्रदान गरिनेछ । टिम दर्ता खुला रहेकोले टिम दर्ता गर्न ९८४९२६७६६३मा सम्पर्क गर्न सकिने समेत आयोजकले जनाए।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्