एनपीएल : चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

काठमाडौँ, मङ्सिर १८ गते । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ६२ रनको लक्ष्य दिएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको चितवनले निधारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६१ रन बनाएको छ ।
चितवनका लागि रवि वोपराले ५१ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो । कप्तान कुशल मल्लले ३८ रन बनाउनुभयो ।चितवन लगातार दोस्रो जितको खोजीमा छ ।
चितवनले आफ्नो पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको थियो । यता पहिलो खेलको पोखरा सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।
आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हराएको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : ## breakingnews, #एनपीएल : चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्