एनपिएल : बागमती डर्बीमा चितवन पाँच विकेटले विजयी
काठमाडौँ, मङ्सिर १७ गते । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार बिहान भएको खेलमा चितवनले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हरायो ।
बागमती प्रदेश डर्बीमा जितका लागि एक सय १२ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा पाँच विकेटको क्षतिमा एक सय १४ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
चितवनका लागि सन्तोष कार्कीले अविजित सर्वाधिक २८ रन बनाउनुभयो । यस्तै ल्यूक मार्टिन बेनकेन्स्टाइनले २२, ओपनर हसन इसाखिलले १२, कप्तान कुशल मल्ल र रवि बोपराले ११/११ तथा सरद भेषवाकारले अविजित ११ रन बनाउनुभयो ।
बलिङमा काठमाडौँका साहब आलमले तीन विकेट लिनुभयो । उहाँले चार ओभरमा २० रन खर्चिएर तीन विकेट लिनुभएको हो । डन डाउथवेट र जेरार्ड इरासमसले एक एक विकेट झार्नुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ११ रन बनाएको थियो । काठमाडौँका लागि सुमित महर्जनले सवाधिक २९ रन बनाउनुभयो ।
यस्तै ओपनर माइकल लेभिटले २५ रन, डन डाउथवेटले अविजित १९ र शङ्कर रानाले १६ रन बनाउनुभयो । काठमाडौँको ब्याटिङ धराशायी बनाउन बलिङमा चितवनका सोहेल तानभिरले पाँच विकेट लिनुभयो । उहाँ प्लेयर अफ दि म्याच हुनुभयो ।
सोहेलले चार ओभरमा २१ रन खर्चिएर पाँच विकेट लिनुभएको हो । उहाँ एनपिएलको एउटै इनिङ्समा सर्वाधिक पाँच विकेट लिने पहिलो खेलाडी पनि बन्नुभएको छ । यसअघि उद्घाटन खेलमा जनकपुर बोल्ट्सका ललित राजवंशीले विराटनगर किङ्सविरुद्ध तीन विकेट लिनुभएको थियो ।
यस्तै कुशल मल्ल, अमरसिंह रौतेला, ल्यूक मार्टिन बेनकेन्स्टाइन र रिजन ढकालले एक एक विकेट झार्नुभयो । आजै अर्को खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुँदैछ ।
जनकपुर लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । यसअघि शनिबार भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले हराएको थियो ।
यता भारतका चर्चित खेलाडी शिखर धवनको प्रदर्शनमा कर्णाली सुखद सुरुवात गर्ने तयारीमा छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #एनपिएल : बागमती डर्बीमा चितवन पाँच विकेटले विजयी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्