नेपालको यात्रा सेमिफाइनलमै रोकियो
काठमाडौँ, मङ्सिर १६ गते । दृष्टिविहिन पुरुष टी–२० विश्वकपमा नेपालको यात्रा सेमिफाइनलमै रोकिएको छ । आइतबार भएको सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भयो ।
जितका लागि नेपालले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा बिनाविकेटको क्षति पूरा गरेको हो । पाकिस्तानको जितमा कम्रानले अविजित ६३ र बाबरले अविजित ३२ रन बनाउनुभयो ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ९४ रन बनाएको थियो । नेपालका लागि दुर्गा दत्तले ४० र रमेशले १७ रन बनाउनुभयो ।
बलिङमा पाकिस्तानका मति उल्लाहले तीन र वादरले एक विकेट लिनुभयो । नेपालले यसअघि पाकिस्तानसँग लिग चरणमा पनि १० विकेटको हार खेपेको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #नेपालको यात्रा सेमिफाइनलमै रोकियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्