एनपीएलको खेल तालिका सार्वजनिक
काठमाडौँ, मङ्सिर ४ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार राति सार्वजनिक गरेको तालिका अनुसार लिगको उद्घाटन खेलमा मङ्सिर १५ गते विराटनगर किङ्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुनेछ ।
आठ टोली सहभागि प्रतियोगितामा लिग चरणका खेल पुस १ गतेसम्म चल्नेछ । लिग चरणमा २८ खेल हुनेछन् । लिग चरणपछि एलिमिनेटेर, क्वालिफायर एक र दुई तथा पुस ६ गते फाइनल गरी कूल ३२ खेल हुनेछ ।
एनसेल ‘पावरड बाई’ प्रायोजक
एनपीएललाई एनसेलले ‘पावरड बाई’ प्रायोजकको रुपमा सहयोग गर्ने भएको छ । एनएस र आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) बिच ‘पावरड बाई’ प्रायोजनसम्बन्धी सम्झौता भएको हो ।
क्यानले एनपीएलको मुख्य प्रायोजकको रुपमा सिद्धार्थ बैंकलाई अनुबन्ध गरिसकेको छ । क्यानले एनपीएलको प्रतक्ष प्रसारणका लागि भारतीय कम्पनी स्टार स्पोर्ट्स नेटवर्कसँग सम्झौता रिसकेको छ ।
सुदूरपश्चिम रोयल्सलाई एसपीए कलेजको साथ
यस्तै एनपीएल टोली सुदूर पश्चिमाञ्चल राृलइसलाई एसपीए कलेजले प्रयोजन गर्ने भएको छ ।
प्रयोजनसम्बन्धी सम्झौतामा मङ्गलबार सुदूरपश्चिमको शिक्षा क्षेत्रमा अलग पहिचान बनाएको एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाही र सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले हस्ताक्षर गर्नुभयो ।
एसपीए कलेजले सुदूरपश्चिम रोयल्ससँग एजुकेसन पार्टनरका रुपमा सहकार्य गर्ने गरी सम्झौता गरेको जनाएको छ । एनपिएलमा सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा जगत टमटा हुनुहुन्छ । यस्तै मार्की खेलाडीमा दिपेन्द्रसिंह ऐरी र मेन्टरमा अष्ट्रेलियाका ब्राड हज हुनुहुन्छ ।
एनपीएलको खेल तालिका :


क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्