एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौँ, मङ्सिर ४ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार राति सार्वजनिक गरेको तालिका अनुसार लिगको उद्घाटन खेलमा मङ्सिर १५ गते विराटनगर किङ्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुनेछ ।
आठ टोली सहभागि प्रतियोगितामा लिग चरणका खेल पुस १ गतेसम्म चल्नेछ । लिग चरणमा २८ खेल हुनेछन् । लिग चरणपछि एलिमिनेटेर, क्वालिफायर एक र दुई तथा पुस ६ गते फाइनल गरी कूल ३२ खेल हुनेछ ।
एनसेल ‘पावरड बाई’ प्रायोजक
एनपीएललाई एनसेलले ‘पावरड बाई’ प्रायोजकको रुपमा सहयोग गर्ने भएको छ । एनएस र आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) बिच ‘पावरड बाई’ प्रायोजनसम्बन्धी सम्झौता भएको हो ।
क्यानले एनपीएलको मुख्य प्रायोजकको रुपमा सिद्धार्थ बैंकलाई अनुबन्ध गरिसकेको छ । क्यानले एनपीएलको प्रतक्ष प्रसारणका लागि भारतीय कम्पनी स्टार स्पोर्ट्स नेटवर्कसँग सम्झौता रिसकेको छ ।
सुदूरपश्चिम रोयल्सलाई एसपीए कलेजको साथ
यस्तै एनपीएल टोली सुदूर पश्चिमाञ्चल राृलइसलाई एसपीए कलेजले प्रयोजन गर्ने भएको छ ।
प्रयोजनसम्बन्धी सम्झौतामा मङ्गलबार सुदूरपश्चिमको शिक्षा क्षेत्रमा अलग पहिचान बनाएको एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाही र सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले हस्ताक्षर गर्नुभयो ।
एसपीए कलेजले सुदूरपश्चिम रोयल्ससँग एजुकेसन पार्टनरका रुपमा सहकार्य गर्ने गरी सम्झौता गरेको जनाएको छ । एनपिएलमा सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा जगत टमटा हुनुहुन्छ । यस्तै मार्की खेलाडीमा दिपेन्द्रसिंह ऐरी र मेन्टरमा अष्ट्रेलियाका ब्राड हज हुनुहुन्छ ।
एनपीएलको खेल तालिका :
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्