चौंथो भक्तपुर जिल्ला व्यापी तेक्वान्दो सम्पन्न
प्रदिप ढकाल ,भक्तपुर
मंसिर ०१, शनिबार ।
राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति भक्तपुरको आयोजनामा ‘चौंथो भक्तपुर जिल्ला व्यापी तेक्वान्दो प्रतियोगिता’ सम्पन्न भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं ७ टफा डम्फुको सभाहलमा आयोजित प्रतियोगितामा १३ वटा स्वर्ण पदक सहित अक्सफर्ड दोजाङ प्रथम, ११ स्वर्ण पदक सहित सिरुटार दोजाङ दोस्रो र चार वटा स्वर्ण पदक सहित निकोसेरा दोजाङ तृतीय भएको अध्यक्ष सुन्दर सुवालले बताउनुभयो । यस्तै, प्रतियोगितामा पुरुषतर्फ सिद्धार्थ डोजाङक सौरभ श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए भने महिला तर्फ सिरुटार दोजाङकि रोश्नी टीटुंग उत्कृष्ट खेलाडी घोषित भइन्।
२ दिन चलेको प्रतियोगितामा १४ दोजाङका करिब ३०० खेलाडी सहभागी भएको कार्यक्रम संयोजक प्रेम कुमार लामाले जानकारी दिए ।समापन समारोहका कार्यक्रम सभापति राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति भक्तपुरका अध्यक्ष सुन्दर सुवाल थिए भने प्रमुख अतिथि राष्ट्रिय तेक्वान्डो संघ नेपालका केन्द्रीय उपाध्यक्ष सनिश लागेजु रहेका थिए। कार्यक्रममा वरिष्ठ केन्द्रीय सदस्य शेरबहादुर थापा मगर, चाँगुनारायण नगरपालिका वडा नं ७ का वडा अध्यक्ष श्याम नाँयाजु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्