मिलन एफसीले जित्यो सेभेन ए साइडको उपाधि
प्रदीप ढकाल ,भक्तपुर
असोज ११, शुक्रबार ।
पहिलो रोयल नेपाल सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता २०८१ को उपाधि मिलन एफसी ए ले जितेको छ। शुक्रबार भएको फाइनल भिडन्तमा मिलन एफसी ए ले मिलन एफसी बि लाई ३–१ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।
पेप्सिकोला स्थित दिव्यश्वरी प्लानिंगको रोयल नेपाल फुटसलमा भएको फाइनल खेलमा मिलन एफसी एको तर्फ़बाट बिक्रान्त नरसिंह राणाले २ गोल गरे। विजेता बनेको मिलन एफसी ए ले शिल्ड, मेडल सहित २,०२,२२२ रुपैयाँ नगद पुरस्कार हात पार्यो भने उपविजेता मिलन एफसी बि ले १,०१,१११ रुपैयाँमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई एन्फा महासचिव किरण राईले पुरस्कृत गरे। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मिलन एफसी बि का सबिन खड्का चुनिए । रोयल नेपाल फुटसलको आयोजनामा भएको २ दिने प्रतियोगितामा कुल २६ टोलीले सहभागिता जनाएका थिए ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्